२०८३ कात्तिक ११ गते मंगलबार

शिक्षालाई उद्यमशिलतासँग जोडौंः शिक्षा मन्त्री भट्टराई

शिक्षालाई उद्यमशिलतासँग जोडौंः शिक्षा मन्त्री भट्टराई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १९ गते शनिबार ०८:१९

वर्तमान सरकार देशको अर्थतन्त्र चलायमान बनाएर मुलुकलाई समृद्ध बनाउनतर्फ केन्द्रित रहेको उनको भनाइ छ ।

पोखरा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उद्यमशिलतालाई शिक्षासँग जोड्न आवश्यक रहेको बताएकी छन् ।

पोखरा चेम्बर अफ कमर्स कास्कीको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनमा बोल्दै उनले व्यवहारिक शिक्षा नीति नहुँदा युवा विदेश पलायन हुनुपर्ने बाध्यता रहेको बताइन् । युवालाई स्वदेशमै बस्ने वातावरण सृजनागर्नतर्फ आफ्नो ध्यानाकर्षण भएको उनको भनाइ छ ।

मन्त्री भट्टराईले सुशासन र समृद्धि एक अर्काको परिपूरक रहेको बताइन् । वर्तमान सरकार देशको अर्थतन्त्र चलायमान बनाएर मुलुकलाई समृद्ध बनाउनतर्फ केन्द्रित रहेको उनको भनाइ छ ।

समयको मागसँगै सरकारले व्यवसायीको हकहित र नागरिकको सहजतका लागि पुराना नीति नियमलाई परिमार्जन गर्न सकिने उनको भनाइ थियो । पर्यटनको राजधानी पोखराबाट छिटै अन्तराष्ट्रिय उडान संचालन गर्न सरकारले पहल गरिरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति २०८१ साउन १९ गते शनिबार ०८:१९

हजुरको प्रतिक्रिया