२०८३ कात्तिक ११ गते मंगलबार

म्याग्दीमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

म्याग्दीमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन ३० गते बुधबार ०५:०३

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा बोलेरो जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । 

म्याग्दी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा बोलेरो जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

टिकोटबाट सदरमुकाम बेनीतर्फ आउन लागेको ग १ ज ७९४५ बोलेरोमा सवार ६४ बर्षिय भिमबहादुर पुनको उपचारको क्रममा बेनी अस्पतालका चिकित्सकले मृत घोषित गरेका थिए । मृतक पुनको अनुहार र टाउकोमा गम्भीर चोट लागेको थियो ।

दुर्घटनामा चालक ३६ बर्षिय केशव पुन, ७१ बर्षिय बिरबहादुर पुन र ४१ बर्षिय कुमार पुनकको अवस्था सामान्य रहेको प्रहरी निरिक्षक राजन रायमाझीले बताए । ‘बोलेरोका चालक प्रहरीको नियन्त्रणमा छन्, सावधानी नअपाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

टिकोट गाउँको खेलमैदान नजिक बोलेरोमा चालक केशब पुन र स्थानीय कुमार पुनले सामान राख्दै गरेको समयमा भिरालो सडकमा गाडी पछाडी गुडेपछि दुर्घटना भएको प्रारम्भीक अनुन्धानबाट खुलेको छ ।

प्रकाशित मिति २०८१ साउन ३० गते बुधबार ०५:०३
हजुरको प्रतिक्रिया