२०८३ असोज २५ गते आइतबार

नेपाल औषधिगत बिक्री प्रवन्धक संगठन (पिन)पोखराको अध्यक्षमा निरोज खतिवडा

नेपाल औषधिगत बिक्री प्रवन्धक संगठन (पिन)पोखराको अध्यक्षमा निरोज खतिवडा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २ गते आइतबार ०९:५८

समितिका पदाधिकारीहरुले आफ्नो नयाँ कार्यभार सम्हाल्दै अब अझै सशक्त रुपमा औषधि बिक्री वितरण र प्रवर्द्धन सम्बन्धि समस्याहरुको समाधानको निम्ति लागीरहने प्रतिवद्धता व्यक्त गरे ।

पोखरा ।

नेपाल औषधिगत बिक्री प्रवन्धक संगठन पोखराको पाँचौ इकाई अधिवेशनले निरोज खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पोखरामा शनिबार सम्पन्न अधिवेशनले सर्वसहमत रुपमा कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा शेषकान्त ढुंगाना, सचिवमा हिमाल पौडेल, सह–सचिव राजन बाबू ढुंगाना र कोषाध्यक्षमा विनय श्रेष्ठ, सह–कोषाध्यक्षमा उत्तम सुवेदी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा महेश सुवेदी, दिपेश शाही, टिकाराम कार्की, रोहन राज श्रेष्ठ, रेशम विष्ट चयन भएका छन् ।

यसैबीच अधिवेशन लगत्तै बसेको कार्यसमितिको पहिलो बैठकले पुर्व अध्यक्षहरु प्रमोद ढकाल र दशरथ पाण्डेलाई संगठनको सल्लाहकारमा नियुक्त गरेको छ ।

कार्यसमितिलाई सर्वसहमत गराउन पहल गर्ने सबैलाई धन्यवाद दिँदै संगठनका अध्यक्ष खतिवडाले मनोनीत सदस्यमा पहिलो पल्ट महिला सदस्य चयन भएको खुसी व्यक्ति गरे ।

त्यस्तै मनोनीत सदस्यमा सदिक्षा अर्याल चयन भएको उनले जानकारी गराए ।

समितिका पदाधिकारीहरुले आफ्नो नयाँ कार्यभार सम्हाल्दै अब अझै सशक्त रुपमा औषधि बिक्री वितरण र प्रवर्द्धन सम्बन्धि समस्याहरुको समाधानको निम्ति लागीरहने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति २०८१ भदौ २ गते आइतबार ०९:५८
हजुरको प्रतिक्रिया