२०८३ साउन २१ गते बिहीबार

आज पाेखरामा नेपालका तीन पूर्व प्रधानमन्त्री उपस्थित हुने

आज पाेखरामा नेपालका तीन पूर्व प्रधानमन्त्री उपस्थित हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २८ गते मंगलबार ०८:२०

पाेखरा । आज पाेखरामा नेपालका तीन पूर्व प्रधानमन्त्री उपस्थित हुने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपाल तथा जसपा नेपालका...

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', माधव कुमार नेपाल र डा. बाबुराम भट्टाराई आज पाेखरामा

पाेखरा । आज पाेखरामा नेपालका तीन पूर्व प्रधानमन्त्री उपस्थित हुने भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपाल तथा जसपा नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पाेखरामा उपस्थित हुँदैछन् ।

प्रचण्ड–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीद्धय नेकपा गण्डकी प्रदेश कमिटीले आयोजना गरेकाे कार्यकर्ता भेलालाई सम्वोधन गर्न पाेखरा आउँदै छन् भने डा. भट्टराई बुधबार पाेखरामा जसपाले आयाेजना गरेकाे जनप्रदर्शनलाई सम्बाेधन गर्न पाेखरा उत्रनेछन् ।

नेकपाका प्रचण्ड माधव समूहका अध्यक्षद्धयसँगै साे पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि पोखरा आउने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर प्रतिनिधिसभाको नयाँ निर्वाचनको मिति घोषणापछि तीनै जना पूर्व प्रधानमन्त्री पहिलाे पटक पाेखरा उपस्थित हुने भएका हुन् ।

प्रकाशित मिति २०७७ पुस २८ गते मंगलबार ०८:२०
हजुरको प्रतिक्रिया