२०८३ कात्तिक ११ गते मंगलबार

दुर्घटनास्थलबाट ३९ जनाको उद्धार, ४ अझै बेपत्ता

दुर्घटनास्थलबाट ३९ जनाको उद्धार, ४ अझै बेपत्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ७ गते शुक्रबार ०५:००

तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भारतीय पर्यटक बोकेको बसमा चालकसहित ४३ जना सवार रहेको खुलेको छ । उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन् । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता...

दुर्घटनामा परेका सबै यात्रु भारतीय नागरिक (सूचीसहित)

तनहुँ।

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भारतीय पर्यटक बोकेको बसमा चालकसहित ४३ जना सवार रहेको खुलेको छ ।

उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन् । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको मृत्यु भएको छ भने घाइतेहरुको उद्धार चलिरहेको छ ।

दुर्घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायले बसमा सवार चालकसहित ४३ जनामध्ये ३९ जनालाई घटनास्थलमा उद्धार गरिएको र चार जना मर्स्याङ्दीमा बेपत्ता रहेको जानकारी दिए ।

उनका अनुसार १४ जनालाई उद्धार गरी आबुखैरेनी अस्पताल पठाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो ।

दुर्घटनामा परेका सबै यात्रु भारतीय नागरिक (सूचीसहित)

तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटनामा पर्नेहरू सबैजना भारतीय नागरिक रहेको थाहा भएको छ । चालक दलका दुई जना र ४१ यात्रु सवै भारतीय नागरिक भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी रवीन्द्र रेग्मीले बताए ।

भारतीय नम्बर प्लेट–७६२३ नम्बरको बसमा उनीहरू भारतबाट पोखरा हुँदै काठमाडौँ जाँदै थिए ।

दुर्घटनामा पर्नेहरूको सूची यस्तो छ :

अनंत ओंकर ईंगके, सिमा ईंगदे, सुहास राणे, शरण राणे, चंदना राणे, सुधाकर जावके, रोहिणी जावके, विजया कुडु जावके, भारती प्रकाश जावके, सागर जावके, तुल्सीराम तायडे, शरण तायडे, भंगरण राणे, प्रकश कोखी, रेखा कोखी, संदिप सरोडे,, पसवी सरोडे, गोकर्णी सरोडे, हेमराज सरोडे, रुपाक्षी सरोडे, अनुप सरोडे, गणेश भांरबे, मिलन भांरवे, सुलभा भांरवे, बिजसा जावसे, भारती भिरुक, शारदा पाटीह, नित्ठोमा जावरे, कुमुदिनी झाँवर, धानेन्दधर बोड, आशा बोड, आशा बावस्कर, आशाखा पांडुरंग, सुनिस धाँडे, सरोज भिरुड, पंकज भंगादे र वर्षा भंगादे ।

प्रकाशित मिति २०८१ भदौ ७ गते शुक्रबार ०५:००
हजुरको प्रतिक्रिया