२०८३ साउन २१ गते बिहीबार

मुग्लिन–आँबुखैरेनी सडक साढे तीन घण्टाको लागि बन्द

मुग्लिन–आँबुखैरेनी सडक साढे तीन घण्टाको लागि बन्द

पोखरा ।

गत शुक्रबार मर्स्याङ्दी नदीमा खसेको भारतीय बस निकाल्न मुग्लिन–आँबुखैरेनी सडक साढे तीन घण्टाको लागि बन्द भएको छ ।

मुग्लिन–आँबुखैरेनी सडक खण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टा अर्थात् १० बजेसम्मका लागि पुर्णरुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

भदौ ७ गते शुक्रबार बिहान पोखराबाट भारतीय पर्यटकहरुलाई लिएर काठमाडौं जाँदै गरेको बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

शव संकलन गरी भारत पठाइसकिए पनि बस भने निकाल्न सकिएको छैन ।

आज ठूला मेसिन उपकरणहरु प्रयोग गरी बस निकालिने भएकाले मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि पूर्णरुपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत मैता बहादुर गुरुङले जारी गरेको सूचनामा उल्लेख छ ।

दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको शवलाई भने शनिबार नै भारतीय वायुसेवाको विमानले भारत लगिसकेको छ ।

प्रकाशित मिति २०८१ भदौ १० गते सोमबार ०८:२९
हजुरको प्रतिक्रिया