काठमाडौं ।
सहकारी पीडितहरुले बृहत् सडक आन्दोलनको घोषणा गरेका छन् । सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियानमहासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दवाबमूलक बृहत्त सडक आन्दोलन गर्न लागिएको जानकारी गराएको हो ।
महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५औं दिनसम्मपनि सरकारले विगतका सहमतिकार्यान्वयनमाकुनै चासो नदेखाएकाले सडक आन्दोलनको विकल्प रोजिएको बताइएको छ । अध्यक्ष कुशलव केसीले आन्दोलनकै क्रममा चारजना पीडितहरुले ज्यानगुमाइसकेको बताए ।
सहकारी पीडितले आफ्नो बचत फिर्ता पाओस् भन्ने मनशायले तेस्रोपटकको आन्दोलन सुरू गरेको १०१औंदिनपुगेको अवसरमा आगामीभदौ १६ गतेबाट बृहत्तआन्दोलन गर्ने बताए । सहकारी पीडितहरु १६महिनादेखि निरन्तर आन्दोलनमा रहेको र यो अवधिमासरकारले दुईपटक सम्झौता गरेपनि पीडितको पक्षमा केहीकामनभएको बताए ।
अध्यक्ष केसीले सरकारले तत्कालकार्यान्वयन गर्ने भनेर दोस्रोपटक आफूहरुसँग सम्झौता गरेको ५ महिनाबितिसकेको बताए । तत्कालिनअवस्थामाआफूहरुले भूमिव्यवस्था, सहकारी तथा गरिबीनिवारणमन्त्री बलरामअधिकारीसँग सम्झौता गरेको र अहिले पुनःउनी सोहीमन्त्रालयको जिम्मेवारीमाआएको बताउँदै अध्यक्ष केसीले अब उनले तत्काल राजीनामादिनुपर्ने बताए । मन्त्रीअधिकारीलाई पदमा बस्ने नैतिकता नरहेको उनको भनाइ छ ।
उनले भने, ‘उहाँले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । बलरामअधिकारीज्यूले आफैंले गरेको सम्झौताकार्यान्वयन गर्नसक्ने ल्याकत राख्नुहुन्नभने पदबाट विदाहुँदा नै राम्रो हुन्छ, उहाँले हामीलाई भ्रममा राख्न सम्झौता गर्नुभयो, नैतिकताको आधारमा उहाँले राजीनामा दिनुपर्छ । अब हामी सहेर बस्न सक्दैनौं ।’
यस्तै, नेपालप्रहरीको पूर्व आइजीपीएवं नेकपा (एमाले) का नेता सर्वेन्द्र खनालले पीडितहरुको आँशु देख्न नसकेर यो अभियानमा जोडिएको बताए । उनले सहकारी ठगहरुलाई राज्यले हत्कडी लगाएर जेलमा कोच्नुपर्ने बताए । नागरिकहरुलाई उपचार गर्न सक्ने अवस्थामामार्ने र ठगहरु महँगा गाडी चढेर हिँड्ने परिस्थितिको अन्त्यहुनुपर्ने उनको भनाइ छ ।
सहकारी पीडितहरुको संरक्षण गर्न भनेर बसेकाहरु निकम्माभएको उनले बताए । सहकारी ठगहरुलाई पक्राउ गरेर जेलमा कोच्नसंसदीयविशेष समितिको प्रतिवेदनपनिकुर्न आवश्यक नरहेको उनको सुझाव छ । नेताखनालले सहकारी पीडितहरु जुर्मुराइसकेको बताउँदै मन्त्रीअधिकारीलाई सम्झौतातत्कालकार्यान्वयन गर्न आग्रह गरे ।
प्रकाशित मिति २०८१ भदौ १० गते सोमबार ०३:५९




