२०८३ साउन २१ गते बिहीबार

शुक्रबारदेखि पोखरामा ‘रिदम ब्लाष्ट’ शुरू

शुक्रबारदेखि पोखरामा ‘रिदम ब्लाष्ट’ शुरू

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ २५ गते बिहीबार ०३:०६

पोखरा । बी. एस. इन्टरटेनमेन्टले पाेखरामा सांगितिक श्रृङखला शुरू गर्ने भएकाे छ । यसरी शुरू हुने श्रृङखलाकाे नाम 'बी. एस. रिदम ब्लाष्ट' रहेकाे छ । बी.एस. इन्टरटेनमेन्टकाे युटुब च्यानलबाट सार्वजनिक हुने श्रृङखलाकाे शुरूवात यही शुक्रबारदेखि...

पोखरा । बी. एस. इन्टरटेनमेन्टले पाेखरामा सांगितिक श्रृङखला शुरू गर्ने भएकाे छ । यसरी शुरू हुने श्रृङखलाकाे नाम ‘बी. एस. रिदम ब्लाष्ट’ रहेकाे छ ।

बी.एस. इन्टरटेनमेन्टकाे युटुब च्यानलबाट सार्वजनिक हुने श्रृङखलाकाे शुरूवात यही शुक्रबारदेखि चर्चित पोखरेली ब्याण्ड डिमर्जले गर्दैछ । पोखरामा रहेका स्थापित एवम् नव ब्याण्डहरुको प्रस्तुति रहने यस शृङ्खलामा ब्याण्डका प्रायः बिलकुलै नयाँ गीतहरु सुन्न‌ सकिने छ । यस ‘रिदम ब्लाष्ट’को पहिलो‌ सिजन १७औं शृङ्खलासम्मको‌ रहेको र प्रत्येक शुक्रबार शृङ्खलाबद्ध रुपले‌ अन्य‌ गीतहरु सार्वजनिक गरिने सञ्चालक विष्णु गुरुङले बताए ।‌

नयाँ पुस्ताका स्रोता तथा दर्शकको साङ्गीतिक तिर्खा मेट्न तथा विभिन्न व्याण्डहरूलाइ संयुक्त प्ल्याटफर्म प्रदान गर्नका लागि कार्यक्रम शुरू गरिएको‌ बी. एस. इन्टरटेनमेन्ट, पोखराका सञ्चालक सन्जु सुनारले जानकारी दिए ।

यो साङ्गीतिक शृङ्लामा डिमर्ज, आत्म सर्ग, अडियो फार्म, इनफ्लेम, निर्भिक, निष्कर्ष, ब्लाक सीप, वेभ, स्पर्श, विट्नेश, ब्लुमाइण्ड, ब्लाक रोज ब्यान्ड र युवराज पुर्जा, सुजन पुर्जा, संगम पहाडी, सब्बु र प्रज्वल जोजिजूको सहभागिता रहने सञ्चालकले जानकारी दिएका छन ।

प्रकाशित मिति २०७७ भदौ २५ गते बिहीबार ०३:०६
हजुरको प्रतिक्रिया