२०८३ कात्तिक ११ गते मंगलबार

पोखराबाट लागूऔषधसहित एक जना पक्राउ

पोखराबाट लागूऔषधसहित एक जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ १३ गते बिहीबार ११:२४

पोखरा । पोखरा महानगरपालिका वडा नं. १ बगरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा–१ धोबीगौँडा बस्ने ३० वर्षीय बिराज रजक छन् । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई भदौ...

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. १ बगरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा–१ धोबीगौँडा बस्ने ३० वर्षीय बिराज रजक छन् ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई भदौ ११ गते साँझ ७ बजे लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

उनी बस्ने कोठाबाट लुकाईछिपाई राखिएको लागूऔषध गाँजा जस्तो देखिने पदार्थ पाँच किलो सात सय ५० ग्राम र सोही बाकसमा निट्राजेपाम ट्याब्लेट १० एमजी (नाइट्राभेट–१०) नाम उल्लेख भएको २१ चक्की बरामद भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।

पक्राउ परेका रजकविरुद्ध जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा १० दिन म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ भदौ १३ गते बिहीबार ११:२४
हजुरको प्रतिक्रिया