२०८३ साउन २१ गते बिहीबार

नवलपुरमा सेफ्टी ट्यांकीभित्र लडेका तीन जनाको मृत्यु

नवलपुरमा सेफ्टी ट्यांकीभित्र लडेका तीन जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ १४ गते शुक्रबार ०५:३४

पोखरा नवलपुरमा सेफ्टी ट्यांकीभित्र बेहोस भएर लडेका तीन जनाको मृत्यु भएको छ । नवलपुरको बिनयत्रिवेणी गाउँपालिका–७ रानिनगरस्थित भोलासिंह क्षेत्रीको निर्माणाधिन अवस्थामा रहेको घरको ट्वाईलेटको सेफ्टी ट्यांकीभित्र काम गर्ने...

पोखरा
नवलपुरमा सेफ्टी ट्यांकीभित्र बेहोस भएर लडेका तीन जनाको मृत्यु भएको छ ।

नवलपुरको बिनयत्रिवेणी गाउँपालिका–७ रानिनगरस्थित भोलासिंह क्षेत्रीको निर्माणाधिन अवस्थामा रहेको घरको ट्वाईलेटको सेफ्टी ट्यांकीभित्र काम गर्ने क्रममा शुक्रबार अचानक बेहोस भई लडेका ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

मृत्यु हुनेमा भोलासिंहका छोरा ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, सोही ठाउँका १९ वर्षीय गणेश बोगटी र नवलपसराी पश्चिम बर्दघाट नगरपालिका ७ का २८ वर्षीय मोहमद राज छन् ।

तीनै जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी पौडेलले बताए ।

प्रकाशित मिति २०८१ भदौ १४ गते शुक्रबार ०५:३४
हजुरको प्रतिक्रिया