२०८३ साउन २१ गते बिहीबार

मुग्लिन–नारायणगढ सडक खण्डमा बस र ट्रक ठोक्किँदा ३ जना घाइते

मुग्लिन–नारायणगढ सडक खण्डमा बस र ट्रक ठोक्किँदा ३ जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ १६ गते आइतबार ०९:२३

मुग्लिङबाट नारायणगढ तर्फ जादै गरेको ग २ ख ११०८ नं. को आइचर ट्रक र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको ए आर ०१ टी ६३७२ नम्बरको बस ठोक्किएका हुन् ।

पोखरा ।

चितवनको मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा बस र ट्रक ठोक्किँदा तीनजना घाइते भएका छन् ।

मुग्लिङबाट नारायणगढ तर्फ जादै गरेको ग २ ख ११०८ नं. को आइचर ट्रक र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको ए आर ०१ टी ६३७२ नम्बरको बस ठोक्किएका हुन् ।

ट्रकमा सवार तीनैजनालाई उपचारका लागि भरतपुर लगिएको छ । बस चालक फरार रहको मुग्लिन प्रहरीले जानकारी दिएको छ । बसका यात्रु भने सुरक्षित छन् ।

सिमलताल क्षेत्रमा सडक जोखिमयुक्त छ । पानी पर्दा सडकमा लेदोसहितको पहिरो समेत खस्ने गरेको छ ।

यात्रा गर्दा सडकको अवस्था बुझ्न र सावधानी अपनाउन ट्राफिक प्रहरीको आग्रह छ ।

प्रकाशित मिति २०८१ भदौ १६ गते आइतबार ०९:२३
हजुरको प्रतिक्रिया