पोखरा ।
रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट (अध्यक्षहरुको भेला) पोखरामा सम्पन्न भएको छ ।
रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानको आयोजना तथा रोट्रयाक्ट क्लव अफ भरतपुर, बुटवल साउथ, न्युरोड पोखरा, पोखरा फिस्टेल, पोखरा जिएमसि पोखरा लेकसाइडको र रोट्रयाक्ट क्लव अफ पोखराको आतिथ्यता साथै रोट्रयाक्ट क्लव अफ हेम्जा, तिलोत्तमा रुपन्देही, पशुपति काठमाडौं, हेटौंडा, पाटन हेरिटेज र पोखरा युनिभर्सिटीको सह–आतिथ्यतामा कार्यक्रम भएको हो ।
रोट्रयाक्ट क्लव अफ न्युरोड पोखराका अध्यक्ष श्रीनाथ वाग्लेको अध्यक्षता र रोट्रयाक्ट डिष्ट्रक ३२९२ का डि.आर.आर विक्रम क्षेत्रिको (डिष्ट्रिक सेसन) अध्यक्षता एवं पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
अध्यक्षहरुको भेलामा देशभरका रोट्रयाक्ट क्लबहरुका अध्यक्ष एवं रोट्रयाक्ट डिष्ट्रिक कमिटीका पदाधिकारीहरु लगायतको उपस्थिति थियो ।
रोट्रयाक्ट वर्ष २४–२५ लाइ प्रभावकारि एवं उत्कृष्ट रुपले अगाडि बढाउन अध्यक्षहरुको भेलाले महत्वपूर्ण भुमिका खेल्ने डि.आर.आर विक्रम क्षेत्रीले बताए ।
उक्त कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रिक डाइरेक्टरीको बिमोचन सगै रोट्रयाक्ट गित समेत रिलिज गरिएको थियो ।
सोहि समारोहमा डिष्ट्रिक डाइरेक्टरी प्रकाशन र प्रेसिडेन्ट नाइट कार्यक्रमर्ला सहयोग गर्ने सहयोगदाताहरुलाई मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले रोट्रयाक्टको माध्यमबाट व्यक्तित्व तथा नेतृत्व विकाससंगै सामाजिक योगदानका लागि अगाडि बढेका देशैभरका रोट्रयाक्ट क्लवका अध्यक्ष एंव रोट्रयाक्ट अभियन्ताहरुलाई पर्यटकीय राजधानी पोखरामा स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताए ।
कार्यक्रममा रोटरी डिष्ट्रिक गभर्नर इलेक्ट विनोद कोइराला, डिआरसि चियर कृष्णप्रसाद पाण्डे, डि.आर.आर इलेक्ट दिनेश गैरे, रोटरि डिष्ट्रिक मेम्बरसिप कमिटी चियर सुवास सिग्देल डिआरसि अर्जुन खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने सो अवसरमा रोट्रयाक्ट डिष्ट्रिक कमिटीको तेस्रो बैठक समेत सम्पन्न भएको थियो ।
कार्यक्रममा सहभागीहरुलाई पोखराका महत्वपूर्ण पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणसंगै विभिन्न सांगीतिक प्रस्तुतिहरूको व्यवस्थापन समेत आतिथ्यता क्लब र आयोजकले गरेका थिए ।
प्रेसिडेन्ट नाइट कार्यक्रम संयोजक एवं रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानका एडि.आर.आर विश्व दर्शन पराजुलीको स्वागत, नम्रता लम्साल, अदित आचार्य र डिष्ट्रिक सेक्रेटरी सुविन खड्काको संयुक्त संचालनमा सम्पन्न उक्त कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटान अन्तर्गतका क्लबका अध्यक्ष एवं प्रतिनिधि र रोट्रयाक्ट डिष्ट्रिक कमिटीबाट गरि २०० भन्दा बढी रोट्रयाक्टरहरुको सहभागीता रहेको डिष्ट्रिक मिडिया समन्वय अफिसर आविस्कार खनालले जानकारी दिए ।





