२०८३ साउन २१ गते बिहीबार

बागलुङ बाढीमा मृत्यु हुनेको संख्या तीन पुग्यो

बागलुङ बाढीमा मृत्यु हुनेको संख्या तीन पुग्यो

डम्मर बुढा मगर

@Public 4K Tv

२०८१ भदौ २१ गते शुक्रबार १२:३०

बागलुङमा बाढीले बगाएर वेपत्ता हुनु भएका बागलुङ नगरपालिका -४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ ।

बागलुङ ।

बागलुङमा बाढीले बगाएर वेपत्ता हुनु भएका बागलुङ नगरपालिका -४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ ।

सापकोटाको शव फेला परेसँगै मृतकको संख्या तीन पुगेको छ । सपकोटाको घटनास्थलभन्दा ५०० मिटर तल शव फेला परेको हो । बिहीबार राती १२ बजे आएको बाढीले सोही ठाउँको कुँडुले देखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको थियो ।

मोटरसाइकल र स्कुटर बगाउँदा मुत्यु हुनुभएका नगरपालिका–४ बान्द्रे अढाइथर का २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अविशेक रेग्मीको शव रातिनै उद्दर गरि धौलागिरी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनु भयो ।

मृतक सापकोटा र रेग्मीको शव रातिनै प्रहरीले करिब २०० मिटर तल फेला पारि पोस्टमार्टमका लागि धौलागिरी अस्पताल बागलुङमा लगिएको थियो । विहान फेला परेको सापकोटाको शव पनि पोस्टमार्टमका लागि धौलागिरी अस्पताल ल्याउन थालिएको प्रहरी निरीक्षक पौडेलले जनाकारी दिनुभयो ।

प्रकाशित मिति २०८१ भदौ २१ गते शुक्रबार १२:३०
हजुरको प्रतिक्रिया