२०८३ साउन २१ गते बिहीबार

पाेखरामा स्विमिङ पुलमा डुबेर एक भारतीय पर्यटककाे मृत्यु

पाेखरामा स्विमिङ पुलमा डुबेर एक भारतीय पर्यटककाे मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २६ गते बुधबार ०७:०३

पोखरा । स्विमिङ पुलमा डुबेर पाेखरा भ्रमणमा आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको भारतीय नागरिक सीतापुर उत्तरप्रदेश घर भएका २३ वर्षीय देवान सिंहकाे मंगलबार दिउँसो स्विमिङ पुलमा डुबेर मृत्यु भएकाे जिल्ला...

पोखरा ।
स्विमिङ पुलमा डुबेर पाेखरा भ्रमणमा आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको भारतीय नागरिक सीतापुर उत्तरप्रदेश घर भएका २३ वर्षीय देवान सिंहकाे मंगलबार दिउँसो स्विमिङ पुलमा डुबेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

देवान पोखरा महानगरपालिका–१७ स्थित पावरहाउस रिर्सोटमा रहेको स्विमिङ पुलमा पाैडी खेल्ने क्रममा डुबेका थिए ।

स्विमिङ पुलमा डुबेर अचेत भएका भारतीय नागरिक सिंहलाई उद्धार गरी गण्डकी मेडिकल कलेजमा ल्याए पनि उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक सिंहको शव पोष्टमार्टम पछि उनका बुवा रुकमेन्द्र प्रताप सिंहले बुझेका छन् ।

प्रकाशित मिति २०८१ भदौ २६ गते बुधबार ०७:०३
हजुरको प्रतिक्रिया