२०८३ असोज २५ गते आइतबार

यो वर्षको सोह्र श्राद्ध असोज २ गतेबाट सुरु हुँदै

यो वर्षको सोह्र श्राद्ध असोज २ गतेबाट सुरु हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २९ गते शनिबार ११:०५

सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृपक्षका रूपमा मनाउँछन् । आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्छन् । तिथिमै गर्न नसके अन्तिम दिन औँसीमा श्राद्ध गर्ने परम्परा छ ।

पोखरा ।

यो वर्षको सोह्र श्राद्ध असोज २ गते बुधबारबाट सुरु हुँदैछ । असोज २ गते पूर्णिमा तिथिका दिन प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध सुरु गरिँदैछ ।

असोज २ गते पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ । त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध यही दिन गरिँदैछ ।

सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृपक्षका रूपमा मनाउँछन् । आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्छन् । तिथिमै गर्न नसके अन्तिम दिन औँसीमा श्राद्ध गर्ने परम्परा छ ।

यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्र श्राद्ध भनिन्छ ।

भाद्रशुक्ल पूर्णिमादेखि आश्विनकृष्ण औँसी वा आश्विनकृष्ण प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदासम्मका तिथिलाई लिएर सोह्र दिन पु¥याइन्छ । यी १६ तिथिमध्ये आफ्ना पितृ दिवंगत भएको एक तिथिमा श्राद्ध गर्ने परम्परा छ ।

सोह्र श्राद्धमा बुबातर्फका तीन र आमातर्फका तीन पुस्तालाई पिण्ड दिएर श्रद्धा अर्पण गर्ने गरिन्छ ।

यो वर्षको मघा श्राद्ध १३ गते आइतबार द्वादशीका दिन परेको छ भने मातामह (मावलीका हजुरबुबा) को श्राद्ध गर्ने दिन आश्विन शुक्ल प्रतिपदा १७ गते परेको छ ।

प्रकाशित मिति २०८१ भदौ २९ गते शनिबार ११:०५
हजुरको प्रतिक्रिया