२०८३ साउन २१ गते बिहीबार

सिमलतालबाट मालवाहक ट्रक त्रिशूलीमा खस्यो

सिमलतालबाट मालवाहक ट्रक त्रिशूलीमा खस्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ३० गते आइतबार १०:३३

खाने तेल बोकेर सिमराबाट काठमाडौँ आउँदै गरेको ना.६ ख ६२८३ नम्बरको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवन ।

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालबाट एउटा ट्रक त्रिशूली नदीको किनारमा खसेको छ ।

चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालको २५ किलो भन्ने ठाउँबाट मालवाहक ट्रक त्रिशूली नदी किनारमा खसेको हो ।

खाने तेल बोकेर सिमराबाट काठमाडौँ आउँदै गरेको ना.६ ख ६२८३ नम्बरको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटना ग्रस्त ट्रकका चालक र सह चालक अहिलेसम्म सम्पर्कमा नआएको जनाइएको छ ।

घटनास्थलमा खोजी तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ भदौ ३० गते आइतबार १०:३३
हजुरको प्रतिक्रिया