२०८३ कात्तिक ११ गते मंगलबार

पोखराको विजयपुर उकालोमा सवारी दुर्घटना, म्याग्दीका खुमराज तिलिजाको मृत्यु

पोखराको विजयपुर उकालोमा सवारी दुर्घटना, म्याग्दीका खुमराज तिलिजाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ३१ गते सोमबार १०:००

पोखरा । पोखरामा सवारी दुर्घटनामा परेर एक जनाकाे ज्यान गएकाे छ । पाेखरा महानगरपालिका वडा नं. १४ चाउथेको विजयपुर उकालोमा सवारी दुर्घटना हुँदा म्याग्दी घर भइ हाल पोखरा-२९ ढुंगेपाटन बस्ने ३७ वर्षका खुमराज तिलिजाकाे ज्यान गएकाे प्रहरीले...

पोखरा ।

पोखरामा सवारी दुर्घटनामा परेर एक जनाकाे ज्यान गएकाे छ ।

पाेखरा महानगरपालिका वडा नं. १४ चाउथेको विजयपुर उकालोमा सवारी दुर्घटना हुँदा म्याग्दी घर भइ हाल पोखरा-२९ ढुंगेपाटन बस्ने ३७ वर्षका खुमराज तिलिजाकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार साेमबार दिउँसो करिब १ बजे तिलिजाले चलाएको ग २३ प ४४७३ नम्बरको बुलेट मोटरसाइकलले बागमती प्रदेशको ०३-००१ख२१६६ नम्बरको कन्टेनरलाई ओभरटेक गर्नेक्रममा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक तिलिजालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

कन्टेनर र चालक सल्यान घर भएका ३३ वर्षीय रमेश केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ भदौ ३१ गते सोमबार १०:००
हजुरको प्रतिक्रिया