२०८३ साउन २१ गते बिहीबार

पोखराको महेन्द्रपुलमा फल्चा उद्घाटन

पोखराको महेन्द्रपुलमा फल्चा उद्घाटन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज ३ गते बिहीबार ०८:१७

पोखरा महानगरपालिकाको महेन्द्रपुल क्षेत्रमा निर्माण गरिएको ‘फल्चा’ तथा पार्कको उद्घाटन गरिएको छ ।

पोखरा
पोखरा महानगरपालिकाको महेन्द्रपुल क्षेत्रमा निर्माण गरिएको ‘फल्चा’ तथा पार्कको उद्घाटन गरिएको छ ।

संविधान दिवसको विशेष अवसरमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फल्चा र पार्कको उद्घाटन गरेका हुन् ।

यस निर्माणसँगै महेन्द्रपुलमा संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रहरूको झण्डासहितको अन्तर्राष्ट्रिय झण्डा पार्क, अत्याधुनिक शौचालय, क्याफे, सुन्दर पार्क, र फल्चा निर्माण सम्पन्न भएको छ ।

फल्चा र पार्कको उद्घाटन गर्दै मेयर आचार्यले महेन्द्रपुल क्षेत्रको सौन्दर्यलाई वृद्धि गर्नुका साथै पर्यटकीय आकर्षण थपिने विश्वास व्यक्त गरे । उनले फल्चा र पार्कले सर्वसाधारणलाई सहज बनाउने र सामाजिक र सांस्कृतिक सम्पदाहरूको संरक्षणमा योगदान पु¥याउने उल्लेख गरे । पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानी फल्चा निर्माणले स्थानीय समुदायको पहिचान र सांस्कृतिक धरोहरलाई सुदृढ पार्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

महानगरपालिकाको यो दीर्घकालीन विकास योजना अन्तर्गत सार्वजनिक स्थानहरूको संरक्षण, सौन्दर्यीकरण, र सर्वसाधारणको सहजतामा केन्द्रित रहेका यस्ता परियोजनाहरूले पोखराको पहिचानलाई थप उजागर गर्न मद्दत पुग्ने महानगरको विश्वास छ ।

प्रकाशित मिति २०८१ असोज ३ गते बिहीबार ०८:१७

हजुरको प्रतिक्रिया