२०८३ साउन २१ गते बिहीबार

देशका धेरै ठाउँमा वर्षा जारी, नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन अनुरोध

देशका धेरै ठाउँमा वर्षा जारी, नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन अनुरोध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज ११ गते शुक्रबार ०६:४०

बिहीबार साँझ बुलेटिन जारी गर्दै महाशाखाले ती नदी र त्यसका सहायक नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन अनुरोध पनि गरेको छ ।

पोखरा ।

देशका धेरै अधिकांश ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । ठूलो पानी परेका ठाउँमा रहेका खोला र नदीहरुमा बाढी आएको छ ।

यसैबीच बाढी पूर्वानुमान महाशाखाले आज र भोली मध्यम, उच्च र अति उच्च बाढीको जोखिममा रहेका नदीहरूको बारेमा विशेष बुलेटिनमार्फत जानकारी गराएको छ ।

बिहीबार साँझ बुलेटिन जारी गर्दै महाशाखाले ती नदी र त्यसका सहायक नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन अनुरोध पनि गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा हुने पूर्वानुमान गरेपछि बाढी पूर्वानुमान महाशाखाले पनि बाढीको पूर्वानुमान गरी आज सार्वजनिक गरेको हो ।

विशेष गरी नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदी तथा तिनका सहायक नदीहरूमा आज र भोली जल सतह बढेर उच्च र अति उच्च जोखिममा पुग्ने जनाइएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमाण्ड पोष्टको बैठकले आइतबारसम्म ५६ वटा जिल्लामा ठूलो पानी पर्ने भएकाले पहाडी र हिमाली जिल्लामा रात्रिबस नचलाउन आग्रह गरेको हो ।

रातको समयमा यात्रा गर्दा पहिरो तथा बाढीको आँकलन गर्न कठिन हुने भएकोले उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरुमा बस नचलाउन भनिएको प्राधिकरणले जनाएको छ ।

यस्तै धान नकाट्न, अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न, पहिरोको जोखिम भएका ठाउँमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन, दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान पनि सरकारले आग्रह गरेको छ ।

बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण पर्सि आइतबारसम्म मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति २०८१ असोज ११ गते शुक्रबार ०६:४०
हजुरको प्रतिक्रिया