२०८३ असोज २५ गते आइतबार

घाँसीकुवामा पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध

घाँसीकुवामा पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज १२ गते शनिबार ०६:४१

लेदो सहित खसेको ठुलो पहिरोका कारण दुवैतर्फ सवारीआवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

 

तनहुँ ।

घाँसीकुवामा पहिरो खसेपछि पृथ्वीराजमार्ग अन्तर्गत डुम्रे–दमौली सडकखण्ड पूर्णरूपमा अवरुद्ध बनेको छ ।

गएराती खसेको पहिरोका कारण सडक अवरुद्ध बनेको हो । लेदो सहित खसेको ठुलो पहिरोका कारण दुवैतर्फ सवारीआवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

घाँसीकुवामा यसअघि भदौको पहिलो हप्ता पनि ठुलो पहिरो खसेको थियो । अग्लो भिरबाट पहिरो खस्दा पहिरो पन्छाउन समय लाग्ने गरेको छ ।

प्रकाशित मिति २०८१ असोज १२ गते शनिबार ०६:४१
हजुरको प्रतिक्रिया