२०८३ साउन २१ गते बिहीबार

भूमिहीनलाई जग्गा प्राप्तिको निवेदन ३५ दिनभित्र बुझाउन आग्रह

भूमिहीनलाई जग्गा प्राप्तिको निवेदन ३५ दिनभित्र बुझाउन आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ माघ ९ गते शुक्रबार १०:४२

पोखरा । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफू बसोबास गरिरहेको वा आवाद गरेको जग्गा प्राप्तिका लागि ३५ दिनभित्र स्थानीय तहमा निवेदन बुझाउन भूमि सम्बन्धी समस्या समाधान आयोगले आग्रह गरेको छ । आयोगले आज सार्वजनिक सूचना...

पोखरा । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफू बसोबास गरिरहेको वा आवाद गरेको जग्गा प्राप्तिका लागि ३५ दिनभित्र स्थानीय तहमा निवेदन बुझाउन भूमि सम्बन्धी समस्या समाधान आयोगले आग्रह गरेको छ ।

आयोगले आज सार्वजनिक सूचना जारी गर्दै जग्गा पाउन तोकिएको ढाँचा बमोजिम निवेदन फारम भरी ३५ दिनभित्र स्थानीय तहमा बुझाउन भनेको हो ।

फारममा उल्लेखित विवरणलाई पुष्ट्याइँ गर्ने प्रमाण पनि पेस गर्न आयोगले भनेको छ । जग्गा प्राप्तिको निवेदन घरदैलोमा खटिएका लगत संकलक वा सम्बन्धित वडा कार्यालयमा सीधै बुझाउन सकिने छ ।आयोगले निवेदन बुझाउनका लागि सातवटै प्रदेशमा स्थानीय तहहरु तोकेको छ ।

प्रकाशित मिति २०७७ माघ ९ गते शुक्रबार १०:४२
हजुरको प्रतिक्रिया