२०८३ साउन २१ गते बिहीबार

रेकर्डब्रेक वर्षाका कारण उपत्यकामा मात्रै ३४ जनाकाे मृत्यु

रेकर्डब्रेक वर्षाका कारण उपत्यकामा मात्रै ३४ जनाकाे मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज १२ गते शनिबार ०८:४७

काठमाडौं । उपत्यकामा रेकर्डब्रेक वर्षाका कारण ३४ जनाकाे मृत्यु भएकाे छ । तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर ३४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । ४८१ जनाको उद्दार गरिएको छ भने २१ जना हराइरहेका प्रहरीले जनाएको...

काठमाडौं ।

उपत्यकामा रेकर्डब्रेक वर्षाका कारण ३४ जनाकाे मृत्यु भएकाे छ ।

तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर ३४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । ४८१ जनाको उद्दार गरिएको छ भने २१ जना हराइरहेका प्रहरीले जनाएको छ ।

बागमती, नख्खु लगायतका सबै नदीमा आएको बाढीले करिडोर सडक मात्र होइन, आसपासमा भएका संरचनामा समेत क्षति पुर्‍याएको छ । शुक्रबार र शनिबार काठमाडौं उपत्यकामा यति धेरै वर्षा भयो कि केही वर्षा मापन केन्द्रमा रेकर्ड नै तोडिएको छ ।

उपत्यकामा रेकर्डब्रेक वर्षा

सबैभन्दा बढी वर्षा ललितपुरको चापागाउँमा भएको छ । त्यहाँ २४ घण्टाको अवधिमा ३२३ मिलिमिटर वर्षा भएको छ । यसअघि २००२ मा २०० मिलिमिटर वर्षा भएको रेकर्ड छ ।

काठमाडौंको पानीपोखरीमा पनि ५३ वर्ष पुरानो रेकर्ड तोडिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार पानीपोखरीमा सन् १९७१ मा १९८ मिलिमिटर वर्षा रेकर्ड भएको थियो, यसपटक २२५.२ मिलिमिटर वर्षा मापन भएको छ ।

यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नैकाप, नागार्जुन, चाँगुनारायण, बूढानीलकण्ठ, खोकना, जितपुरफेँदी र नङ्खेलमा पनि वर्षाको पुरानो रेकर्ड तोडिएको छ ।

प्रकाशित मिति २०८१ असोज १२ गते शनिबार ०८:४७
हजुरको प्रतिक्रिया