२०८३ साउन २१ गते बिहीबार

तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको अनुरोध

तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको अनुरोध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज १३ गते आइतबार ०८:२९

मन्त्रालयले वर्षाजन्य प्रकोपका कारण विद्यालय भवनहरुमा क्षति भएको, विद्यार्थी तथा अभिभावकहरु बाढी पहिरोको चपेटामा परेको र यातायात सेवापनि अवरुद्ध भएका भन्दै विद्यालय बिदा दिन भनेको छ ।

काठमाडौं ।

सरकारले आजदेखी तीन दिनसम्म विद्यालयमा बिदा दिन पालिकाहरुलाई आग्रह गरेको छ ।

हिजो कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको विपदसम्बन्धी आकस्मिक बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना निकालेर तीन दिन बिद्यालय बिदा गर्न पालिकाहरुलाई अनुरोध गरहेको हो ।

मन्त्रालयले वर्षाजन्य प्रकोपका कारण विद्यालय भवनहरुमा क्षति भएको, विद्यार्थी तथा अभिभावकहरु बाढी पहिरोको चपेटामा परेको र यातायात सेवापनि अवरुद्ध भएका भन्दै विद्यालय बिदा दिन भनेको छ ।

कार्यबाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा हिजो बसेको विपदसम्बन्धी आकस्मिक बैठकले विश्वविद्यालयलगायत सबै शैक्षिक संस्थाको परीक्षा स्थागित गरी परिवेश अनुमान गरेर उपयुक्त समयमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय पनि गरेको थियो ।

विपद्को घडीमा तीनै तहका सरकार, गैरसरकारी क्षेत्र तथा आमनागरिक सबैलाई विपद् व्यवस्थापनमा जुट्न सरकारले आह्वान गरेको छ ।

प्रकाशित मिति २०८१ असोज १३ गते आइतबार ०८:२९
हजुरको प्रतिक्रिया