२०८३ कात्तिक ११ गते मंगलबार

सुर्य दर्शन सहकारी ठगी कसूरका थप १ जना प्रतिवादी पक्राउ

सुर्य दर्शन सहकारी ठगी कसूरका थप १ जना प्रतिवादी पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज १५ गते मंगलबार ०७:५५

जिल्ला प्रहरी कास्कीले सुर्य दर्शन वचत तथा ऋण सहकारी संस्था लि. ठगी कसूरका थप १ जना प्रतिवादी पक्राउ गरेको छ ।

पोखरा ।

जिल्ला प्रहरी कास्कीले सुर्य दर्शन वचत तथा ऋण सहकारी संस्था लि. ठगी कसूरका थप १ जना प्रतिवादी पक्राउ गरेको छ ।

गुल्मी मुसिकोट नगरपालिका स्थायी घर भएकी हाल ललितपुर म.न.पा. खुमलटार बस्ने ३२ वर्षीया लिला पछाईलाई सोमबार पोखरा ४ गैह्रापाटनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए । पछाईले पोखराको नालाकोमुखमा रहेको सुर्यदर्शन सहकारीको बचत कोषमा हुनुपर्ने रकम सहकारी ऐन र संस्थाको विधान विपरित हिनामिना गरेको आरोप छ ।

उनले गैरकानुनी रुपमा गितेन्द्र बाबु राईसंग मिलेमतो गरी तीन करोड भन्दा बढी रकम आफ्नो बैंक खातामा लगेको डीएसपी शर्माले बताए । प्रतिवादी पछाईलाई जिल्ला अदालत कास्कीबाट ४ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।

 

प्रकाशित मिति २०८१ असोज १५ गते मंगलबार ०७:५५
हजुरको प्रतिक्रिया