२०८३ साउन २१ गते बिहीबार

दशैँमा समेत भएन पृथ्वी राजमार्गको सडक मर्मत, यात्रुलाई सास्ती

दशैँमा समेत भएन पृथ्वी राजमार्गको सडक मर्मत, यात्रुलाई सास्ती

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज २९ गते मंगलबार ०७:०३

निर्माणको क्रममा रहेको राजमार्ग अधुरो हुदाँ यात्रा निकै कष्टकर भएको हो । सडकको कारण यात्रा कष्टकर मात्र भएको छैन स्थानीय नागरिकले समेत धुलो, धुवा र हिलोको सास्ती खेप्नु परेको छ । तनहुँ खण्डमा सडक निर्माणले पछि कालोपत्रे हुन थाले पनि यात्रा केही सहज भए पनि पोखरा खण्डमा भने सडक अलपत्र अवस्थामा छ ।

पोखरा ।

पृथ्वी राजमार्ग स्तरोन्नतीको काममा ढिलाई हुँदा पर्यटकीय नगरी पोखरामा यात्रा गर्न निकै कठिन भएको छ ।

निर्माणको क्रममा रहेको राजमार्ग अधुरो हुदाँ यात्रा निकै कष्टकर भएको हो । सडकको कारण यात्रा कष्टकर मात्र भएको छैन स्थानीय नागरिकले समेत धुलो, धुवा र हिलोको सास्ती खेप्नु परेको छ । तनहुँ खण्डमा सडक निर्माणले पछि कालोपत्रे हुन थाले पनि यात्रा केही सहज भए पनि पोखरा खण्डमा भने सडक अलपत्र अवस्थामा छ ।

दशैँको बेलामा समेत पुरानो पिच सडक मर्मत नहँुदा यात्रुले सास्ती खेपेका हुन् । दाँया बायाँ भत्काएको सडक पनि खाल्डा खुल्डी हँुदा दुर्घटनाको समेत उच्च जोखिम भएको  भन्दै स्थानीयले छिटो निर्माण सक्न आग्रह गरेका छन् । स्थानीय व्यसायीको पसल र सडकको दायाँबायाँ रहेका घरमा धुलोले भान्छा समेत प्रभावित भएको छ । व्यापार व्यवसाय समेत सडकका कारण चौपट भएको व्यवसायीले बताएका छन् ।

दशैँ लागेसँगै चिनियाँ ठेकेदार कम्पनीले कालोपत्रे सडक मर्मत गर्नको साटो माटोले खाल्डाखुल्डी पुरे पछि सडकमा धुलोले चालकले सडक नै नदेखिने अवस्था आएको छ । राजमार्गमा तिब्र गतिमा गुड्ने सवारीका कारण दुर्घटना समेत हुने गरेको स्थानीय बताउछन् ।

सडक निर्माणको क्रममा थोरै काम गरे पछि पुन अन्यन्त्र काम थाल्ने तर थालेको काम पुरा नगरी ठेकेदारले अलपत्र छाड्ने गरेको छ । साविकको लेखनाथ खण्डमा बिजुलीका पोल सार्ने काम समेत सकिएको छैन । ठेकेदारले सडकको राइट अफ वे क्लियर भएको ठाउँमा मात्र काम गरिरहेको छ ।

पुराना सडक मर्मत भएको छैन । नयाँ सडक समेत कहिले निर्माण हुने हो टुन्गो नहँुदा यात्रा कष्टकर बन्न पुगेको छ । विजयपुर खोलाको पुर्वपश्चिम खण्डमा सडक दायाँबाया भत्काउँदा उकालो ओरालो सडकमा दैनिक जासो सवारी जाम हुने गरेको छ ।  पोखरा महानगर प्रवेश गर्ने कोत्रे देखी सेती नदिको पुलसम्म नै अलपत्र सडकका कारण पोखरा प्रवेश गर्ने पर्यटक र यात्रुले हैरानी खेप्नु परेको छ ।

चाइनापुल देखी पोखरा अन्तराष्ट्रिय विमानस्थलसम्म विद्युत अण्डरग्राउण्ड गर्ने काम ढिला हुदा सडक निर्माण सुरु नै भएको छैन । यो खण्डमा समेत खाल्डाखुल्डी र धुलो धुवाले सास्ति दिएको स्थानीयको गुनासो ।

सडक आयोजनाले भने ठेकेदारलाई राजमार्ग सहज रुपमा सञ्चालन हुने व्यवस्थाको लागि दबाब दिन सकेको छैन । दैनिक रुपमा धुलो सडकमा पानी राख्नुपर्नेमा ठेकेदारले वेवास्ता गदै आएको छ । जसको कारण पर्यटीय नगरी पोखरामा स्वागत भन्दा पनि पर्यटकले सास्ती खेप्नु परेको छ ।

प्रकाशित मिति २०८१ असोज २९ गते मंगलबार ०७:०३
हजुरको प्रतिक्रिया