२०८३ कात्तिक १० गते सोमबार

पोखराका किसानलाई महानगरकाे कृषक परिचयपत्र

पोखराका किसानलाई महानगरकाे कृषक परिचयपत्र

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ माघ १६ गते शुक्रबार ०६:१२

पोखरा । पोखरा महानगरपालिकाले महानगरभित्रका कृषकलाई परिचयपत्र वितरण सुरु गरेको छ । नेपालमै पहिलो पटक पोखरा महानगरले कृषकलाई परिचयपत्र वितरण सुरु गरेको हो । गण्डकी प्रदेश सरकारले बनाएको कृषक वर्गिकरण तथा पचियपत्र सम्वन्धि कार्यविधि...

के किसान र राज्यका विचकाे दुरी छाेट्टिएकै हाे ?

पोखरा । पोखरा महानगरपालिकाले महानगरभित्रका कृषकलाई परिचयपत्र वितरण सुरु गरेको छ । नेपालमै पहिलो पटक पोखरा महानगरले कृषकलाई परिचयपत्र वितरण सुरु गरेको हो ।

गण्डकी प्रदेश सरकारले बनाएको कृषक वर्गिकरण तथा पचियपत्र सम्वन्धि कार्यविधि र महानगरको पशु विकास अनुदान सम्वन्धि कार्यविधि अनुसार किसालाई वर्गिकरण गरेर परिचयपत्र वितरण सुरु गरेको महानगर कृषि शाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए । शाखाले पहिलो चरणमा शुक्रबार २८८ जना किसानलाई परिचयपत्र वितरण गरेको हो ।

कार्यक्रमका अवसरमा मन्त्री लेखबहादुर थापा मगरले कृषक परिचयपत्र किसानका लागि गौरवको विषय भएको बताए । राज्यले प्रदान गर्ने अनुदान र निर्माण गर्ने नीति नियमका लागि समेत परिचयपत्रले महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे । प्रदेशले किसान वर्गीकरणका पाँच आधार तयार गरेको र त्यही आधारमा महानगरले परिचयपत्र वितरणकाे सुरुवात गरेको उल्लेख गरे ।

पोखरा महानगरपालिका प्रमुख मानबाहदुर जिसीले किसानले उत्पादन गरेका बस्तुका लागि बजारीकरण गर्ने जिम्मा महानगरले लिने बताउँदै उत्पादनमा ध्यान दिन किसानलाई आग्रह गरे । निर्वाहमुखी कृषीतर्फभन्दा व्यवसायीक कृषी कर्म गर्न कृषकलाइ प्रमुख जिसीले आग्रह गरे ।

कुखरा पालक किसान तेजबहादुर भटराईले परिचत्रयपत्र वितरणले किसानलाई सहज हुने विश्वास ब्यक्त गरे । उनले ढिलै भएपनि सरकारले किसालनाई पहिचान दिएको बताए । राष्ट्रिय पशु प्रवद्धन केन्द्र पोखराका प्रमुख नारायण शर्माले विधिवत रुपमा परिचयपत्र वितरण सुरुवात भएको भन्दै यो आवश्यक रहेको र यसलाई देशब्यापी रुपमा लागु गर्नुपर्नेमा जोड दिए ।पोखरा महानगर कृषि महाशाखा प्रमुख मनाेहर कडरियाले परिचयपत्र वितरणले कृषकलाइ राज्यका सेवासुविधाको ग्यारेन्टी गरेको उल्लेख गरे ।

प्रकाशित मिति २०७७ माघ १६ गते शुक्रबार ०६:१२
हजुरको प्रतिक्रिया