२०८३ साउन २१ गते बिहीबार

रास्वपाले शुक्रबारदेखि काठमाडौँमा प्रदर्शन गर्ने

रास्वपाले शुक्रबारदेखि काठमाडौँमा प्रदर्शन गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक ८ गते बिहीबार ०४:४५

पाेखरा । सहकारी ठगि प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले अब काठमाडौँमा आन्दोलन गर्ने जनाएकाे छ। गत ६ दिनयता पार्टी सभापति लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा...

पाेखरा ।
सहकारी ठगि प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले अब काठमाडौँमा आन्दोलन गर्ने जनाएकाे छ।

गत ६ दिनयता पार्टी सभापति लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रमहरू गर्दै आएको थियाे ।

बिहीबार लामिछानेमाथी थप ७ दिन म्याद थप्दै अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले आदेश दिएकाे छ ।

यता, शुक्रबारदेखि  काठमाडौँ केन्द्रित प्रदर्शन गरिने भएपनि पाेखरामा समेत कुनै न कुनै प्रकारका कार्यक्रमहरू जारी रहने प्रदेश सभापति राजन गौतमले बताए ।

पोखरामा रास्वपाले प्रदर्शन गरेपनि जनस्तरबाट समर्थन नदेखिएको टिप्पणी हुँदै आएको छ।  सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत शुक्रबार प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । लगत्तै रास्वपाले पूर्वाग्रही ढंगले सभापतिलाई पक्राउ गरिएको भन्दै विरोध गर्दै आएको छ ।

प्रकाशित मिति २०८१ कात्तिक ८ गते बिहीबार ०४:४५
हजुरको प्रतिक्रिया