२०८३ कात्तिक ११ गते मंगलबार

मार्फाबाट १२ जना जुवाडे पक्राउ, आठ लाख ५२ हजार नगद बरामद

मार्फाबाट १२ जना जुवाडे पक्राउ, आठ लाख ५२ हजार नगद बरामद

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक १९ गते सोमबार ०२:१४

मुस्ताङ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले आइतबार साँझ १२ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखराका दुई जनासहित अधिकांश मार्फाका छन् । साथै सो जुवा खालबाट आठ लाख ५२ हजार रुपैयाँ नगद बरामद भएको मुस्ताङ प्रहरीका...

मुस्ताङ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले आइतबार साँझ १२ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखराका दुई जनासहित अधिकांश मार्फाका छन् । साथै सो जुवा खालबाट आठ लाख ५२ हजार रुपैयाँ नगद बरामद भएको मुस्ताङ प्रहरीका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिए ।

होटलभित्र जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक गणेश सुवेदीको कमाण्डमा खटिएको टोलीले मार्फास्थित होटल माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरेको हो ।

उक्त होटल फिरोज लालचनले सञ्चालन गरेकना हुन् । पक्राउ पर्नेमा महानगरपालिका-९ का ५९ वर्षीय आइत ज्वारचन र ६० वर्षीय कमल हिराचन छन् ।

यस्तै, मुस्ताङ घरपझोङ मार्फाका ५० वर्षीय सुरज लालचन, ५६ वर्षीय राजु लालचन, ५० वर्षीय जेम्स हिराचन, ५३ वर्षीय गुञ्ज हिराचन, ६० वर्षीय दलबहादुर हिराचन, ५० वर्षीय विश्व लालचन, ३८ वर्षीय समिर ज्वारचन, ५० वर्षीय कविन ज्वारचन, ६५ वर्षीय यामप्रसाद मगर र ४० वर्षीय सन्तोष लालचन छन् ।

जुवातासको खालबाट पक्राउ परेका व्यक्ति उपर आवश्यक छानविनसहित अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति २०८१ कात्तिक १९ गते सोमबार ०२:१४
हजुरको प्रतिक्रिया