२०८३ कात्तिक ११ गते मंगलबार

बागलुङमा पिकअप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

बागलुङमा पिकअप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

डम्मर बुढा मगर

@Public 4K Tv

२०८१ कात्तिक २६ गते सोमबार १०:२२

बागलुङमा पिकअप जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ पिकअप जिप ढुङ्गेखानी भन्ने स्थानमा आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको हो ।

बागलुङ ।

पिकअप सडकदेखि सात सय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए । घटनामा मृतकको पहिचान खुलिसकेको छैन ।

पिअकपमा सवार एक जनाको भने जीवितै उद्धार गरिएको उनको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी छ ।

दुर्घटनामा घाइते जैमिनी नगरपालिका–८ का अन्दाजी ३५ वर्षीयछमु श्रीसलाई एम्बुलेन्समार्फत बागलुङ पठाइएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।

प्रकाशित मिति २०८१ कात्तिक २६ गते सोमबार १०:२२

हजुरको प्रतिक्रिया