२०८३ कात्तिक ११ गते मंगलबार

बागलुङको सिगाना मावि बन्यो पहिलो बालमैत्री विद्यालय

बागलुङको सिगाना मावि बन्यो पहिलो बालमैत्री विद्यालय

डम्मर बुढा मगर

@Public 4K Tv

२०८१ कात्तिक ३० गते शुक्रबार ०२:१९

पर्याप्त भौतिक पूर्वाधार, बालमैत्री शिक्षण सिकाई क्रियाकलाप, बालमैत्री संरचना लगायतका सूचक पुरा गर्ने नगरको पहिलो बालमैत्री विद्यालयको रुपमा बागलुङ नगरपालिकाले घोषणा गरिएको हो ।

बागलुङ ।

बागलुङ नगरपालिका–८ स्थित सिगाना माध्यामिक विद्यालय लामिचौर नगरकै पहिलो बालमैत्री विद्यालय भएको छ ।

पर्याप्त भौतिक पूर्वाधार, बालमैत्री शिक्षण सिकाई क्रियाकलाप, बालमैत्री संरचना लगायतका सूचक पुरा गर्ने नगरको पहिलो बालमैत्री विद्यालयको रुपमा बागलुङ नगरपालिकाले घोषणा गरिएको हो ।

बालमैत्री विद्यालयको गण्डकी प्रदेश सभा सदस्य दिपेन्द्र बहादुर थापाले उद्घाटन गरेका छन् । थापाले बालमैत्री अभियान विद्यालयबाट शुरु हुनेभन्दै बालमैत्री शिक्षण सिकाई बिना गुणस्तरीय शिक्षाको कल्पना गर्न नसकिने बताए ।

विद्यार्थीको शैक्षिक गुणस्तरमा बालबालिकाको रुची, चाहना र आवश्यकता अनुसार विद्यालयको ढाँचा नेपालको संविधानले परिकल्पना गरेको उनको भनाइ छ ।

विद्यालयले पुरा गर्नुपर्ने शुद्ध खानेपानी, बालमैत्री शौचालय, कुहिने नकुहिने फोहोर व्यवस्थापन, अतिरिक्त क्रियाकलाप, भौतिक पूर्वाधार, सुविधा सम्पन्न डेक्स बेच्न, बालमैत्री व्यवहार र बालसहभागिता लगायतका आधारमा १७ सूचक पुरा गर्ने पहिलो विद्यालय बन्न सफल भएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले बताए । खड्काले विद्यालयलाई प्रोत्साहन स्वरुप ४० हजार पुरस्कार प्रदान गरेका छन् ।

स्मार्ट बोर्डबाट अध्यापन गरिने, जिल्लाकै नमूना चिल्ड्रेन पार्क भएको विद्यालयबाट अन्य विद्यालयलाई समेत अघि बढाउन प्रेरणा मिल्ने बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेलले जानकारी दिए ।

एक करोड खर्चेर विद्यालको भौतिक संरचनालाई बालमैत्री बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम थापाले उल्लेख गरे । उनले विद्यालयमा शुद्ध खानेपानी, बालमैत्री संरचना र खेलमैदान लगायतका पूर्वाधारसंगै शैक्षिक गुणस्तरमा समेत ध्यान दिएको जिकिर गरे ।

प्रकाशित मिति २०८१ कात्तिक ३० गते शुक्रबार ०२:१९
हजुरको प्रतिक्रिया