२०८३ असोज २३ गते शुक्रबार

अपाङ्गता भएका व्यक्तीहरूका लागि ह्विलचियर वितरण

अपाङ्गता भएका व्यक्तीहरूका लागि ह्विलचियर वितरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ फागुन ११ गते मंगलबार ०९:१२

पाेखरा । जन्मजातै तथा बिभिन्न दुर्घटनाका कारण अपाङ्ग भएका व्यक्तिहरुका लागि हिडडुलसंगै जिविकोपार्जनमा सहयोग पु¥याउने लक्ष्यका साथ ह्विलचियर वितरण गरिएको छ । नेपाल अपाङ्ग समाज सेवा संङघ केन्द्रिय कार्यालय पोखराद्धारा नेपाल...

पाेखरा । जन्मजातै तथा बिभिन्न दुर्घटनाका कारण अपाङ्ग भएका व्यक्तिहरुका लागि हिडडुलसंगै जिविकोपार्जनमा सहयोग पु¥याउने लक्ष्यका साथ ह्विलचियर वितरण गरिएको छ ।
नेपाल अपाङ्ग समाज सेवा संङघ केन्द्रिय कार्यालय पोखराद्धारा नेपाल अपाङ्ग पुर्नस्थापना समाज काठमाण्डौको सहयोगमा १२ जना अपाङ्गता भएका व्यक्तिलाई निशुल्क रुपमा ह्विलचियर वितरण गरिएको हो ।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विलचियर वितरण गर्दै संविधानले समावेशी र समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरेको बताइन् । मुलुकका तीनै तहका सहकारमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व न्यून रहेको उल्लेख गर्दै उनले उनीहरुलाई अधिकार सहितको अवसर प्रदान गर्नुपर्नेमा जोड दिइन् ।

नेपाल अपाङ्ग पुर्नस्थापना समाज काठमाण्डौका केन्द्रीय उपाध्यक्ष सुमन भट्टराईले शारिरीक अपाङ्गता भएका व्यक्तिको लागि ह्विलचियर महत्वपूर्ण सहयोगी सामग्री भएको बताउँदै अमेरीकन संस्था लेटरडे साइन्ट च्यारिटिसकाे सहयोगमा नेपालका बिभिन्न ६२ जिल्लामा २० हजार भन्दा बढी ह्विलचियर निशुल्क वितरण गरेको जानकारी दिए ।

नेपाल अपाङ्ग समाज सेवा सङ्कघ केन्द्रीय अध्यक्ष बुद्धिबहादुर बागदास पन्तका अनुसार ग्रामीण क्षेत्रमा घरको रातोमाटो दलिएर कस्टकर जीवन विताउन बाध्य आठ सय ७० जना अपाङ्गता भएको व्यक्तिलाई ह्विलचियरको सहायताले आँगनसम्म झारेर संसार देखाउन सफल भएको बताए ।

कार्यक्रममा स्थानीय समाजसेवी दामोदर शर्मा, गाेपि तुलाचन, प्रकास शर्मा, फलफुल तथा तरकारी व्यवसायी संघ कास्कीका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ, सामुदायिक प्रहरी कास्कीका सदस्य प्रेम पहारी, रुपा केसी लगायतले अपाङ्कता भएका व्यक्तिलाई सहयोगी सामग्रीका साथै आयआर्जन गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति २०७७ फागुन ११ गते मंगलबार ०९:१२
हजुरको प्रतिक्रिया