२०८३ साउन २१ गते बिहीबार

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर ७ गते शुक्रबार १०:०६

सो अवसरमा केही भेटवार्ता र ‘साइडलाइन मिटिङ’ पनि हुने उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

काठमाडौं ।

सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् ।

सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन् ।

कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८ गतेदेखि १० गतेसम्म उक्त सम्मेलन हुँदैछ ।

सो अवसरमा केही भेटवार्ता र ‘साइडलाइन मिटिङ’ पनि हुने उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति २०८१ मंसिर ७ गते शुक्रबार १०:०६
हजुरको प्रतिक्रिया