२०८३ असोज २५ गते आइतबार

निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउनेछ : प्रेम बहादुर भोलन

निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउनेछ : प्रेम बहादुर भोलन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर १० गते सोमबार १०:४२

राप्रपाले उठाएका विषयहरुलाई मुर्तरुप दिनका लागि हेटौंडा–१२ को जनताहरुको साथ र समर्थन राप्रपाले पाइरहेको र आगामी निर्वाचनमा पनि पाउने उनले बताए ।

मकवानपुर ।

राष्ट्रिय प्रजातन्त्र पार्टी हेटौंडा–१२ वडा अध्यक्ष पदका उम्मेदवार प्रेम बहादुर भोलनले निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउने बताएका छन् ।

आइतबार हेटौंडा–१२ नम्बर वडाको घर दैलो अभियान तथा कोणसभाका क्रममा उम्मेद्वार भोलनले राप्रपाले उठाएका विषयहरु जनताले बुझेको भन्दै निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउने बताएका हुन् ।

राप्रपाले उठाएका विषयहरुलाई मुर्तरुप दिनका लागि हेटौंडा–१२ को जनताहरुको साथ र समर्थन राप्रपाले पाइरहेको र आगामी निर्वाचनमा पनि पाउने उनले बताए ।

निर्वाचित भएपश्चात् हेटौंडा–१२ को विकाससँग सम्बन्धित रहेर जारी गरिएका १९ वटा प्रतिबद्धता पूरा गर्ने उनले बताए ।

प्रकाशित मिति २०८१ मंसिर १० गते सोमबार १०:४२
हजुरको प्रतिक्रिया