२०८३ असोज २५ गते आइतबार

आज मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुँदै

आज मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर १२ गते बुधबार ०९:२७

सरकारले गरेका काम कारबाहीहरू, मन्त्रालयले सचिवहरूसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेका कार्य सम्पादन सम्झौताबारे समीक्षा हुनेछ ।

काठमाडौं ।

सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा आज हुँदैछ ।

त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्री र सचिवहरुलाई बोलाएका छन् ।

सरकारले गरेका काम कारबाहीहरू, मन्त्रालयले सचिवहरूसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेका कार्य सम्पादन सम्झौताबारे समीक्षा हुनेछ ।

त्यस्तै अर्थतन्त्र सुधार उन्मुख गएको भनिएको, तर बजारमा महसुस हुन नसकेको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । यस्तै बैठकमा सरकारको काम प्रभावकारी हुन नसक्नुका कारण, जनतामा बढ्दै गएको निराशा लगायतका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति २०८१ मंसिर १२ गते बुधबार ०९:२७
हजुरको प्रतिक्रिया