२०८३ कात्तिक ११ गते मंगलबार

प्राइम सहकारी ठगी प्रकरण : पक्राउ परे शंकर नारायण श्रेष्ठ

प्राइम सहकारी ठगी प्रकरण : पक्राउ परे शंकर नारायण श्रेष्ठ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर १२ गते बुधबार १०:२४

उनीसँग कास्की जिल्ला अदालतले ५० लाख धरौटी माग गरेको थियो । सो रकम बुझाउन नसकेपछि उनी कारागार चलान भएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

५० लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान

पोखरा ।

पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना, अपचलन एवं ठगी कसुरमा थप एक जना प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका वडा नं. १० का ५६ वर्षीय शंकर नारायण श्रेष्ठ छन् । उनलाई कास्की प्रहरीले शनिबार पक्राउ गरेको हो ।

उनीसँग कास्की जिल्ला अदालतले ५० लाख धरौटी माग गरेको थियो । सो रकम बुझाउन नसकेपछि उनी कारागार चलान भएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
प्राइम सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । एक अर्ब ५७ करोड १५ लाख आठ हजार एक सय २४ रुपैयाँ बिगो मागदाबीसहित जिल्ला सहकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो ।

प्रकाशित मिति २०८१ मंसिर १२ गते बुधबार १०:२४
हजुरको प्रतिक्रिया