२०८३ साउन २१ गते बिहीबार

परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर १३ गते बिहीबार ०९:३८

परराष्ट्रमन्त्री राणाले शुक्रबार चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । भेटमा प्रधानमन्त्रीको भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ ।

काठमाडौं ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज चीन जाँदै छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गतेदेखि हुने भ्रमणको तयारीका लागि उनी आज चीन जान लागेकी हुन् ।

परराष्ट्रमन्त्री राणाले शुक्रबार चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । भेटमा प्रधानमन्त्रीको भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरिसकेको छ ।

मुख्यतः चीनको ठूलो परियोजना बीआरआई कार्यान्वयन सम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबीच बिबाद कायमै रहेको बेला त्यसको पृष्ठभूमी तयारीका लागि परराष्ट्रमन्त्री पाँच दिन अगावै चीन जान लागेकी हुन् ।

प्रकाशित मिति २०८१ मंसिर १३ गते बिहीबार ०९:३८
हजुरको प्रतिक्रिया