पोखरा । लामाको भेष गरि चन्दा उठाउँदै हिँडेको आरोपमा कास्की प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर बकैया गाँउपालिका वडा नं.१ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.९ पृथ्वीचोक बस्ने ६० वर्षीय धन बहादुर लामा, ३७ वर्षीय छिरिङ भन्ने निमा तामाङ, ३५ वर्षीय पदम बहादुर लामा, २६ वर्षीय बिजय लामा र ३५ वर्षीय जित बहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेका सबै मकवानपुर बकैया गाँउपालिका वडा नं.१ का बासिन्दा हुन र हाल पोखराको पृथ्वीचोकमा बस्दै आएको बताइएको छ ।
लामाको भेष लगाएका उनीहरुले रौतहट जिल्लाको जुरा न.पा. २ कटानीस्थित टाशी छोग्याल गुम्बाको नाममा पोखरा महानगरपालिका वडा नं. १ नयाँगाउ मितेरीटोल स्थित मितेरीपुल नजिक अबैध रुपमा रकम चन्दा उठाएको आरोप प्रहरीले लगाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहत वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ । उनीहरुको साथबाट प्रहरीले चन्दा बापत उठाएको नगद रकम ४२ हजार चारसय ९१, रसिद ठेली, बिभिन्न फाईल तथा रजिष्टरहरु र फोटो समेत बरामद गरेको छ ।
प्रहरीले उनीहरुविरुद्ध गी सम्बन्धी कसूर अन्तर्गत सम्मानित कास्की जिल्ला अदालतबाट दिन ०५ म्याद थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०७७ चैत २ गते सोमबार १२:२२




