२०८३ कात्तिक १२ गते बुधबार

लुम्बिनी बौद्ध विश्वविद्यालयमा दुई सय ८९ जना दीक्षित

लुम्बिनी बौद्ध विश्वविद्यालयमा दुई सय ८९ जना दीक्षित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर १४ गते शुक्रबार ०४:५८

प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरेभने पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरे ।

लुम्बिनी ।

 लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्तका अवसरमा शुक्रबार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित  विभिन्न संकायमा उपाधीप्राप्त दुई सय ८९ जना दीक्षित भएका छन् ।

प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरेभने पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरे ।

ललितपुर जन्मिएका ९१ वर्षका गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७ औं विश्वविद्यालयसभाले गुरुमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति २०८१ मंसिर १४ गते शुक्रबार ०४:५८
हजुरको प्रतिक्रिया