२०८३ साउन २१ गते बिहीबार

किसानलाई समाजमा सम्मान र कदर गरौँः उपप्रधानमन्त्री सिंह

किसानलाई समाजमा सम्मान र कदर गरौँः उपप्रधानमन्त्री सिंह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर ३० गते आइतबार ०५:०७

उहाँले भन्नुभयो, ‘हाम्रो समाजमा आजकाल अलि परिश्रम गर्नेलाई जुन एउटा कदर गर्नुपर्नेमा फिजिकल लेभर गर्नेहरुलाई तल्लो स्तरबाट हेर्ने नजर परिवर्तन गर्नुपर्छ । परिश्रम गर्नेहरुलाई कदर गरेन भने विकास निर्माण कसरी हुन्छ । त्यसकारण आजको यो ज्यापु दिवसमा खेतमा परिश्रम गरेर, उत्पादन गरेर खाद्यान्न दिन्छन्, किसानलाई सम्मान र कदर समाजमा दिनुपर्छ ।’

काठमाडौं ।

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले परिश्रम गर्नेलाई  कदर गर्न जान्नुपर्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजमा परिश्रम गर्नेहरुलाई हेर्ने दृष्टिकोणमा परिवजर्तन जरुरी रहेको बताउनु भयो । उहाँले किसानलाई समाजमा सम्मान र कदर गर्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो समाजमा आजकाल अलि परिश्रम गर्नेलाई जुन एउटा कदर गर्नुपर्नेमा फिजिकल लेभर गर्नेहरुलाई तल्लो स्तरबाट हेर्ने नजर परिवर्तन गर्नुपर्छ । परिश्रम गर्नेहरुलाई कदर गरेन भने विकास निर्माण कसरी हुन्छ । त्यसकारण आजको यो ज्यापु दिवसमा खेतमा परिश्रम गरेर, उत्पादन गरेर खाद्यान्न दिन्छन्, किसानलाई सम्मान र कदर समाजमा दिनुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले ज्यापु विकासका लागि स्थायी कोष बनाउन पहल गर्ने बताउनु भयो ।

प्रकाशित मिति २०८१ मंसिर ३० गते आइतबार ०५:०७
हजुरको प्रतिक्रिया