२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा चट्याङ् लागेर २ जनाको मृत्यु

गण्डकीमा चट्याङ् लागेर २ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख ३ गते शुक्रबार ०७:२८

पोखरा । बाग्लुङ र स्याङ्जामा चट्याङ् लागेर २ जनाको मृत्युका मृत्यु भएको छ । बैशाख २ गते बाग्लुङ ताराखोला गाउँपालिका २ सिले बस्ने ४५ बर्षीयको खिमलाल कँडेल घरबाट नजिकै रहेको गोठमा जाने क्रममा पानीसँगै परेको चट्याङ्ले लागि घाईते...

पोखरा । बाग्लुङ र स्याङ्जामा चट्याङ् लागेर २ जनाको मृत्युका मृत्यु भएको छ ।

बैशाख २ गते बाग्लुङ ताराखोला गाउँपालिका २ सिले बस्ने ४५ बर्षीयको खिमलाल कँडेल घरबाट नजिकै रहेको गोठमा जाने क्रममा पानीसँगै परेको चट्याङ्ले लागि घाईते भई उपचारका क्रममा मृत्यु भएको छ । उनको धवलागिरी अस्पताल बाग्लुङमा डाक्टरले मृत घोषणा गरेका थिए ।

त्यसै गरी स्याङ्जा फेदीखोला गाउँपालिका ५ बाँयफडके बस्ने वर्ष ३९ को ईश्वरी लामिछाने घरमा बसिरहेको अवस्थामा चट्याङ् लाग्दा मृत्यु भएको छ ।

बेहोस भई उपचारको लागि गण्डकी अस्पताल पोखरा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बाग्लुङ ताराखोला गाउँपालिका ३ रातामाटा बस्ने ४५ कि कृष्ण कुमारी कार्की चट्याङ्को झड्काले लागि घाईते भएकी छन् । उनको स्थानीय सनराईज स्वास्थ्य क्लिनिकमा उपचार भएको छ ।

प्रकाशित मिति २०७८ वैशाख ३ गते शुक्रबार ०७:२८
हजुरको प्रतिक्रिया