२०८३ साउन २१ गते बिहीबार

फेवातालमा १८ बर्षीय युवा मृत भेटिए

फेवातालमा १८ बर्षीय युवा मृत भेटिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख ४ गते शनिबार ०६:२३

पाेखरा । पोखरा महानगरपालिका – ०६ स्थित फेवातालमा शनिबार एक युवक मृत अवस्थामा फेला परेका छन् । वाराही मन्दिर नजिकै फेवातालको बिच भागमा बारा निजगढ नगरपालिका -९ का १८ वर्षीय नोभिब उप्रेती मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी...

पाेखरा । पोखरा महानगरपालिका – ०६ स्थित फेवातालमा शनिबार एक युवक मृत अवस्थामा फेला परेका छन् ।

वाराही मन्दिर नजिकै फेवातालको बिच भागमा बारा निजगढ नगरपालिका -९ का १८ वर्षीय नोभिब उप्रेती मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिएका छन् ।

घटनास्थलबाट उप्रेतीको शव शनिबार बिहान ६:४० बजे नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरी बाहिर निकालेको प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले बताए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७८ वैशाख ४ गते शनिबार ०६:२३
हजुरको प्रतिक्रिया