२०८३ साउन २१ गते बिहीबार

१६ निर्माण व्यवसायी/आपूर्तिकर्ता कालो सुचिमा हेर्नुहोस्

१६ निर्माण व्यवसायी/आपूर्तिकर्ता कालो सुचिमा हेर्नुहोस्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २३ गते मंगलबार ०२:१५

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १६ निर्माण व्यवसायी/आपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण...

काठमाडौँ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १६ निर्माण व्यवसायी/आपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।

कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालो सूचीमा राख्न निवेदन परेकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म लिखित स्पष्टीकरण पेस नभएकोले सात दिन स्पष्टीकरण पेस गर्न सूचना जारी गरिएको हो ।

 

प्रकाशित मिति २०८१ पुस २३ गते मंगलबार ०२:१५
हजुरको प्रतिक्रिया