२०८३ साउन २१ गते बिहीबार

पोखरा मोटो-ईन्डुरो क्रस च्याम्पियनशीप-२०२४ को नाममा ठगी

पोखरा मोटो-ईन्डुरो क्रस च्याम्पियनशीप-२०२४ को नाममा ठगी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २३ गते मंगलबार ०३:०७

पोखरा । पाेखरामा गत वर्ष सञ्चालित ‘पोखरा मोटो-ईन्डुरो क्रस च्याम्पियनसीप-२०२४’ को विजेतालाई पुरस्कार रकम नदिएकाे आरोपमा कास्की प्रहरीले २ जनालाई पक्राउ गरेकाे छ । गएको वर्ष चैत २३ र २४ गते संचालित उक्त च्याम्पियनशीपमा प्रथम भएको...

ठगीकाे आरोपमा पोखरा राइडर्स क्लबका अध्यक्षसहित २ जना पक्राउ 

पोखरा ।

पाेखरामा गत वर्ष सञ्चालित ‘पोखरा मोटो-ईन्डुरो क्रस च्याम्पियनसीप-२०२४’ को विजेतालाई पुरस्कार रकम नदिएकाे आरोपमा कास्की प्रहरीले २ जनालाई पक्राउ गरेकाे छ ।

गएको वर्ष चैत २३ र २४ गते संचालित उक्त च्याम्पियनशीपमा प्रथम भएको समूहलाई पुरस्कार बापत प्रदान गर्नुपर्ने एक लाख ५० हजार रुपियाँ नदिएको आरोपमा प्रहरीले पोखरा राइडर्स क्लबका अध्यक्ष सोनिक क्षेत्री समेत दुई जनालाई पक्राउ गरेकाे हाे ।

पोखरा महानगरपालिका वडा नं. ५ पर्स्याङ निवासी वर्ष २९ को क्षेत्रीको साथमा उक्त च्याम्पियनशीपका संचालक तथा निर्देशक अछामको सिउडी गाउपालिका वडा नं. १ स्थायी वतन भई हाल पोखरा ६ जरेबर बस्ने वर्ष ३१ को जगत डोलीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

पोखराको लेकसाइडबाट पक्राउ परेका उनीहरु विरूद्ध कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

च्याम्पियनशीपमा सहभागी हुन समूह दर्ता शुल्क बापत १७ हजार लिएका थिए । विजेतालाई पैसा दिनुको सट्टा लुकिछिपी हिँडेपछि प्रहरीमा उजुरी परेको थियो ।

प्रकाशित मिति २०८१ पुस २३ गते मंगलबार ०३:०७
हजुरको प्रतिक्रिया