२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ २८ गते आइतबार ०१:१२

पोखरा ।  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको अधावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट  मृत्यु हुनेको संख्या २७ पुगेको छ । कोरोना संक्रमणबाट कास्की, तनहुँ र गोरखामा थप एक-एक जनाको मृत्यु भएपछि मृतकको संख्या २७...

कास्की, तनहुँ र गाेरखामा थप एक-एक जनाको मृत्यु

पोखरा ।  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको अधावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट  मृत्यु हुनेको संख्या २७ पुगेको छ । कोरोना संक्रमणबाट कास्की, तनहुँ र गोरखामा थप एक-एक जनाको मृत्यु भएपछि मृतकको संख्या २७ पुगेको हो ।

कास्कीको मादी गाउँपालिका–४ स्थायी घर भई हाल काठमाण्डौ नयाँबजार वस्ने ५१ वर्षीय पुरुषको भदौ २६ गते विहान ११ः२८ बजे सशस्त्र प्रहरी वल अस्पताल, बलम्बुमा निधन भएको निर्देशनालयले जनाएको छ ।

ज्वरो, खोकी तथा श्वास प्रश्वासमा समस्या भई भाद्र २४ गते अस्पताल भर्ना भएका उनको स्वाव संकलन गरी परिक्षण गर्दा कोरोना पुष्टी भएको थियो । उनी क्यान्सर, हाइपोथाइराडिजमको बिरामी समेत रहेको जनाइएको छ ।

यस्तै, तनहुँको आँबुुखैरेनी नगरपालिका–४ का ७६ वर्षीया महिलाको भदौ २४ गते मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पतालमा निधन भएको छ । भदौ २० गते अस्पताल भर्ना भएकी उनमा भदौ २३ गते कोरोना पुष्टी भएको थियो । उनमा मुटु सम्वन्धी समस्या रहेको जनाइएको छ ।

त्यसैगरी गोरखाको भीमसेन थापा गाउँपालिका–३ स्थायी बसोबास गर्ने ४५ वर्षीय पुरुषको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौँमा भदौ २७ गते विहान २ः४० बजे मृत्यु भएको जनाइएको छ । भदौ २३ गते कोरोनाको संक्रमण पुष्टि भएका उनमा किड्नी समस्या रहेको बताइन्छ ।

प्रकाशित मिति २०७७ भदौ २८ गते आइतबार ०१:१२
हजुरको प्रतिक्रिया