पोखरा
कास्की जिल्लाको मानव अधिकारको अबस्थाका सम्बन्धमा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा सरोकारवाला निकायहरूसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका हुन् ।
पौडेलले मानव अधिकार सम्बन्धि पाचौं राष्ट्रिय कार्ययोजना र अबका बाकी दायित्वका सन्दर्भमा प्रकाश पारेका थिए । पौडेलले मानव अधिकार कानुन र ऎन नियम र कानुनको कडाइका साथ कार्यान्वयनको विकल्प नभएको भन्दै कास्की जिल्ला मानव अधिकार मैत्री जिल्ला बनाउन सबैको सामुहिक प्रयास जरुरी भएकी बताए ।
कार्यक्रममा इन्सेक पोखराका कार्यक्रम अधिकृत सबनम शर्माले मानव अधिकार सम्बन्धि पाचौं राष्ट्रिय कार्ययोजना सहित मानब अधिकारको बिश्वब्यापी घोषणा पत्र सन १९४८, मानव अधिकारको परिपालनमा जिल्ला तथा पालिकास्तरिय समितिको भुमिका र जिम्मेवारी सम्बन्धमा अबधारणा पत्र पेश गरे ।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका अधिकृत मोहन काफ्लेले संयुक्त राष्ट्र संघ मानव अधिकार सम्बन्धि सन १३२५ र १८२० का प्राबधान र कार्यान्वयनमा रहेका चुनौतीको बारेमा प्रकाश पारे ।
कार्यक्रममा कास्कीका जिल्ला न्याधिबक्ता कमला काफ्ले , राष्ट्रिय मानव अधिकार आयोग गण्डकीका प्रमुख नितु गड्तौला , नागरिक समाजका अगुवा राम बहादुर पौडेल , गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य बिना सिलवाल ,गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा सहितले कास्कीको मानव अधिकारको अबस्था, कार्यान्वयन र चुनौती सन्दर्भमा आ(आफ्नो धारणा व्यक्त गरेका थिए ।
अन्तरक्रीयामा मानव अधिकार सम्बन्धि सरकारी निकाय ,कास्कीस्थित पालिकाका प्रतिनिधि सहित सरोकारवालाहरूको उपस्थिति थियो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराजले गरेका थिए ।
प्रकाशित मिति २०८१ पुस २८ गते आइतबार ०५:०८




