पोखरा ।
एसईई परीक्षामा सर्वोत्कृष्ट बन्न सफल पोखरा महानगरपालिका वडा नं ६ लेकसाइकडस्थित बड्स एकेडेमी राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याव्सन) कास्कीद्वारा सम्मानित भएको छ । एनप्याव्सन कास्कीको हालै सम्पन्न २६औँ स्थापना दिवसमा बड्स एकेडेमीलाई सम्मान गरेको हो ।

बड्स एकेडेमीकी बिमला पौडेल २०८० को एसईई परीक्षामा एनप्याव्सनमा छात्रातर्फ सर्वोत्कृष्ट बनेर सम्मानित भइन् । पौडेलले एसईई परीक्षामा ३.९६ अंक प्राप्त गरेर सर्वोत्कृष्ट बनेकी थिइन् । सोही अवसरमा विद्यालयका प्राचार्य प्रकाशराज वाग्लेलाई समग्र शिक्षा जगतमा विशेष योगदान तथा एसईईमा एनप्याब्सन कास्कीमा प्रथम स्थान हासिल गर्न सफल भएको भन्दै सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा बड्सकै सहायक प्राचार्य विष्णुहरि देवकोटालाई दीर्घसेवा र बड्सकी निर्देशक भगवती वाग्लेलाई शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याएबापत सम्मान गरिएको थियो ।
उनीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र एनप्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले सम्मान गरेका हुन् ।
बड्स एकेडेमी २०६२ सालमा स्थापित भएको हो । एनप्याव्सन कास्कीद्वारा २०६९ सालमा आयोजित वृहत शैक्षिक प्रदर्शनीअन्तर्गत गायन प्रतियोगितामा बड्सकी दीपलक्ष्या सुनार प्रथम भएकी थिइन् । यसैगरी एनप्याव्सनकै १२औँ स्पोट्र्स मिटमा बड्स एकेडेमीले टेवलटेनिसमा च्याम्पियन बनेको प्राचार्य वाग्लेले जानकारी दिए । विद्यालयमा हाल चार सय ५० विद्यार्थी अध्ययनरत छन् ।

प्राचार्य वाग्लेले विद्यालय प्रशासन, शिक्षक, अभिभावक र विद्यार्थीको मेहनतले विद्यालयले पटकपटक सम्मान पाउँदा निकै खुशी लागेको बताए । उनले एसईईमा उत्कृष्ट अंक हासिल गरी विद्यालयको गरिमा माथि पु¥यएकोमा विमला पौडेलप्रति आभार व्यक्त गर्दै आगामी शैक्षिक यात्राको समुज्ज्वल भविष्यको कामना गरे ।
प्रकाशित मिति २०८१ माघ ८ गते मंगलबार ०३:३५




