२०८३ साउन २१ गते बिहीबार

बिकराल बन्दै काेराेना : वितेकाे २४ घण्टामा थप १८ काे ज्यान गयाे, ४५ सय बढी संक्रमित

बिकराल बन्दै काेराेना : वितेकाे २४ घण्टामा थप १८ काे ज्यान गयाे, ४५ सय बढी संक्रमित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख १४ गते मंगलबार ०८:५७

पाेखरा । काेराेना संक्रमणका कारण देशभर बितेको २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ भने यहि अवधीमा नेपालमा ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन...

गण्डकीमा मंगलबार १ सय १३ जनामा संक्रमण पुष्टि

पाेखरा । काेराेना संक्रमणका कारण देशभर बितेको २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ भने यहि अवधीमा नेपालमा ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ। यस्तै मृतकको संख्या ३ हजार १९४ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ ।

यता, वितेकाे २४ घण्टामा गण्डकी प्रदेशभर १ सय १३ जनामा संक्रमण पुष्टि भएकाे छ । कुल ३ सय ३५ जनाकाे परिक्षणबाट साे संख्याका संक्रमित भेटिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । याे अवधीमा प्रदेशभर थप २ जनाकाे मृत्यु भएकाे छ भने ३९ जना निकाे भएर घर फर्किएका छन् ।

प्रकाशित मिति २०७८ वैशाख १४ गते मंगलबार ०८:५७
हजुरको प्रतिक्रिया