२०८३ साउन २१ गते बिहीबार

हमासद्वारा दोस्रो चरणमा चार इजरायली वन्धकहरू रिहा

हमासद्वारा दोस्रो चरणमा चार इजरायली वन्धकहरू रिहा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १३ गते आइतबार ०२:५५

इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्ताको परिणामस्वरूप १५ महिनाको लडाईंपछि हमास र इजरायलबीच युद्धविराम सम्झौता भएको थियो ।

काठमाडौं ।

प्यालेस्टिनी इस्लामिक हमास आन्दोलनले शनिवार इजरायली वन्धकहरूको दोस्रो समूहलाई मुक्त गरेको छ ।

जसमा चार महिला, लिरी अल्बाग, करिना एरिभ, डेनिला गिल्बोआ र नामा लेवी रहेका छन् । गाजामा रहेको अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरण गरिएको हमासले जनाएको छ । १९–२० वर्ष उमेरका चार इजरायली सेना पर्यवेक्षकहरूलाई हमासले अक्टोबर ७, २०२३ मा गाजापट्टी सीमा नजिकै नाहल ओजमा रहेको इजरायली सेनाको निगरानी आधारबाट अपहरण गरेको थियो ।

चार इजरायली वन्धकहरूलाई शनिवार इजरायल रक्षा बल र इजरायल सुरक्षा एजेन्सीमा स्थानान्तरण गरिएको थियो । वन्धक रिहाई हमास र इजरायल बीचको कैदी–वन्धक आदानप्रदानको दोस्रो चरणको अंश हो । जुन युद्धविराम सम्झौताको प्रारम्भिक शर्तहरू अन्तर्गत लागू गरिएको थियो ।

६ हप्ताको युद्धविरामको पहिलो चरण जनवरी १९ मा लागू भएको थियो । इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्ताको परिणामस्वरूप १५ महिनाको लडाईंपछि हमास र इजरायलबीच युद्धविराम सम्झौता भएको थियो ।

प्रकाशित मिति २०८१ माघ १३ गते आइतबार ०२:५५
हजुरको प्रतिक्रिया