२०८३ साउन २१ गते बिहीबार

अफगानिस्तानमा १० जना सर्वसाधारणको गोली हानी हत्या

अफगानिस्तानमा १० जना सर्वसाधारणको गोली हानी हत्या

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १८ गते शुक्रबार ०२:३१

गरबाजले धेरै हत्याकाण्डमा संलग्नहरूलाई पक्राउ गरी न्यायको कठघरामा ल्याउने प्रयास भइरहेको उल्लेख गरे ।

काठमाडौं ।

पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तमा अज्ञात हतियारधारी व्यक्तिहरूले एकै परिवारका १० जना सर्वसाधारणको गोली हानी हत्या गरेको प्रान्तीय सरकारका प्रवक्ता मुस्ताघफर गरबाजले बताए ।

राति अली शिर जिल्लामा अज्ञात हतियारधारी व्यक्तिहरूले घरमा प्रवेश गरी गोली चलाउँदा दुई पुरुष र आठ महिला र बालबालिकासहित १० जनाको घटनास्थलमै मृत्यु भएको भयानक घटना भएको छ ।

गरबाजले धेरै हत्याकाण्डमा संलग्नहरूलाई पक्राउ गरी न्यायको कठघरामा ल्याउने प्रयास भइरहेको उल्लेख गरे ।

प्रकाशित मिति २०८१ माघ १८ गते शुक्रबार ०२:३१

हजुरको प्रतिक्रिया