२०८३ कात्तिक ११ गते मंगलबार

२०२४ मा टर्किएको पर्यटन राजश्व इतिहासकै धेरै

२०२४ मा टर्किएको पर्यटन राजश्व इतिहासकै धेरै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १९ गते शनिबार ०३:५१

टर्किएको पर्यटन राजश्व २०२४ मा अघिल्लो वर्षको तुलनामा ८.३ प्रतिशतले बढेर ६१.१ अर्ब अमेरिकी डलर पुगेको टर्कीको तथ्याङ्क संस्थानले जनाएको छ ।

काठमाडौं ।

टर्किएको पर्यटन राजश्व २०२४ मा अघिल्लो वर्षको तुलनामा ८.३ प्रतिशतले बढेर ६१.१ अर्ब अमेरिकी डलर पुगेको टर्कीको तथ्याङ्क संस्थानले जनाएको छ ।

पर्यटन राजश्व २०२४ मा ६१.१ अर्ब डलरको मध्यम–अवधि कार्यक्रम लक्ष्यभन्दा बढी भएको बताइएको छ ।

इतिहासकै उच्च रहेको टर्कीका उपराष्ट्रपति सेभ्देत यिलमाजले बताउनु भयो । गत वर्ष कुल ६२.२ मिलियन पर्यटकले टर्कीको भ्रमण गरेका थिए । जुन सरकारी पूर्वानुमानभन्दा बढी हो ।

उपराष्ट्रपतिले टर्की सरकारले २०२५ मा सकारात्मक प्रवृत्ति जारी रहने अपेक्षा गरेको छ ।

जसमा पर्यटन राजश्वमा ६३.६ अर्ब डलर पुग्ने लक्ष्य राखिएको छ । राजश्वको लगभग १७ प्रतिशत गैर–आवासीय नागरिकहरूबाट आएको हो ।

कुलमध्ये ४३.९ अर्ब डलर व्यक्तिगत खर्चबाट र लगभग १७.४ अर्ब डलर प्याकेज भ्रमणबाट योगदान गरिएको थियो ।

प्रकाशित मिति २०८१ माघ १९ गते शनिबार ०३:५१

हजुरको प्रतिक्रिया